चितवन राष्ट्रिय निकुञ्जमा थप २ वटा गैंडा मरे

NAWALPUR TIMES

चितवन राष्ट्रिय निकुञ्जमा थप २ वटा गैंडा मरे
received 250029693304733

चितवन :  चितवन राष्ट्रिय निकुञ्जमा दुई वटा गैँडा मरेका छन् । माघ ७ र ८ गते ती गैँडा मरेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार माघ ७ गते निकुञ्जको कोर इलाका पदमपुर फाँटमा १८ महिनाको केटो बच्चा गैँडा र माघ ८ गते बेलशहरघाट क्षेत्रमा करिव ३० वर्षको भाले गैँडा मृत भेटिएको हो । गैँडा प्राकृतिक कारण मृत अवस्थामा भेटिएको अधिकारीको भनाई छ । केटा गैँडाको ब्रम्हखाग र खुर सुरक्षित रहेको छ । त्यस्तै भाले गैँडाको खाग ,खुर सुरक्षित रहेको र यी दुई सहित चालु आर्थिक वर्षमा निकुञ्जले २२ वटा गैडा गुमाउन पुगेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology