नेपालमा पनि भेटियो तीव्र रुपमा फैलिने कोरोना भाइरस

NAWALPUR TIMES

नेपालमा पनि भेटियो तीव्र रुपमा फैलिने कोरोना भाइरस
received 3433088936802283

काठमाडौं- बेलायतबाट नेपाल आएका ३ जनामा कोरोनाको नयाँ भाइरस पुष्टि भएको छ। बेलायतमा कोरोनाको नयाँ भाइरस पुष्टि भएपछि त्यहाँबाट गत पुसमा नेपाल आएकालाई स्वास्थ्य मन्त्रालयले निगरानीमा राखेर परीक्षण गरेको थियो।

परीक्षणका क्रममा ६ जनामा कोरोना पुष्टि भएको थियो। मन्त्रालयका अनुसार उनीहरुको नमुना लिई परीक्षणको लागि हङकङ पठाइएको थियो। मन्त्रालयका अनुसार उनीहरुमध्ये ३ जनामा  नयाँ प्रकार/भेरियन्ट कोरोना पुष्टि भएको हो।

बेलायतमा यो नयाँ भाइरस भेटिएपछि त्यहाँ पुनः लकडाउन गरिएको छ। यो भाइरस पहिलेको कोरोना भाइरसको भन्दा फरक प्रकृतिको र तीव्र रुपमा फैलिने क्षमता भएको भनिए पनि यसको मृत्युदर पहिलेको कोरोना भाइरसको भन्दा बढी रहेको पुष्टि भएको छैन।

नयाँ प्रकृतिको कोरोना भाइरस बेलायत बाहेक अफ्रिकी देशमा तीव्र रुपमा फैलिएको छ। अन्य देशमा पनि बेलायतबाट छिटफुट रुपमा फैलिएको छ। यो भाइरसको उत्पतिबारे अझै अनुसन्धान जारी छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology