अनेरास्ववियु नवलपुर(ओली समुह)को १ सय ११ सदस्यीय जिल्ला कमिटी घोषणा (नामावली सहित)

NAWALPUR TIMES

अनेरास्ववियु नवलपुर(ओली समुह)को १ सय ११ सदस्यीय जिल्ला कमिटी  घोषणा (नामावली सहित)
received 2766542240342379

कावासोती । अनेरास्ववियु नवलपुर (ओली) समुहको १ सय ११ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटी घोषणा गरिएको छ ।

शनिबार कावासोतीमा आयोजना गरिएको जिल्ला स्तरीय बृहत कार्यकर्ता भेलाबाट कृष्ण गैरे संयोजक र सुरज सापकोटा सह संयोजक रहने गरि १११ सदस्यीय जिल्ला कार्यसमिति घोषणा गरिएको हो ।

अनेरास्ववियु (ओली समुह )का सचिवालय सदस्य सागर न्यौपानेको अध्यक्षता एवं नेकपा केन्द्रिय सदस्य तिलक महतको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नेकपाका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष रोशनबहादुर गाहा, अनेरास्ववियु स्थायी कमिटी सदस्य नरेश रोकाया, अनेरास्ववियुका सचिवालय सदस्यहरु, केन्द्रिय सदस्यहरु लगाएतकाको उपस्थितिमा सम्पन्न भेला बाट जिल्ला समिति घोषणा गरिएको हो ।

यस अघि अनेरास्ववियु जिल्ला संयोजक रहेका
ठाकुर पराजुली र सह संयोजक दिनेश केसीले नेकपाको दाहाल नेपाल समुहमा आफुलाई उभ्याए पछि अनेरास्ववियुको ओली समुहले नयाँ संयोजक र सहसंयोजक सहितको जिल्ला कमिटी घोषणा गरेको हो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology