काठमाडौं कुलेश्वर केन्द्रबिन्दु भएर भूकम्प

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष २७ गते १६:१५
काठमाडौं कुलेश्वर केन्द्रबिन्दु भएर भूकम्प
2 7 magnitude earthquake tremors in palghar maharashtra 1572086629

काठमाडौं, २७ पुष । काठमाडौंको कुलेश्वर केन्द्रबिन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार सोमबार दिउसो २ बजेर ३२ मिनेटमा भूकम्प गएको हो ।

३ दशमलव १ रेक्टर स्केल मापन गरिएको भूकम्पको धक्का काठमाडौं, ललितपुर र भक्तपुरमा महशुस गरिएको थियो । भूकम्प मापन केन्द्रले यसलाई २०७२ बैशाख १२ मा आएको महाभूकम्पकै पराकम्प भएको जनाएको छ ।

प्रकाशित : २०७७ पुष २७ गते १६:१५
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI