पाठयक्रममा दोधार, विद्यार्थीको भविष्य अन्धकार भन्दै युथ काङ्ग्रेस नवलपुरको प्रदर्शन

NAWALPUR TIMES

पाठयक्रममा दोधार, विद्यार्थीको भविष्य अन्धकार भन्दै युथ काङ्ग्रेस नवलपुरको प्रदर्शन
received 837068720182905

कावासोती । कक्षा ११ को पाठयक्रमको विषयमा सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दाले लाखौं विद्यार्थीको भविष्य अन्योल बनाएको भन्दै युथ काङ्ग्रेस नवलपुरले सोमबार पुर्वी नवलपरासीको सदरमुकाम कावासोतीको फलफूल चोकमा पाठ्यक्रममा दोधार, विद्यार्थीको भविष्य अन्धकार भन्दै बृहत प्रदर्शन गरेको छ ।

शैक्षिकसत्र २०७६ का लागि नेपाल सरकार शिक्षा मन्त्रालयले नयाँ पाठयक्रम जारी गरेर अध्यापन सुरु भैसकेको अवस्थामा नयाँ पाठयक्रम लागू नगराउने माग सहित सर्वोच्चमा मुद्दा  दायर भएको र सर्वोच्च अदालतमा पटक पटक पेसि सर्दै जाने र अन्तिम फैसला नआएको कारणले लाखौं विद्यार्थीको भविष्य अन्योल भएको भन्दै युथ काङ्ग्रेस नवलपुरको आयोजनामा विद्यार्थीहरुले कावासोतीमा प्रदर्शन  गरेका हुन ।

प्रदर्शन पछिको कोण सभामा बोल्दै युथ कंग्रेस जिल्ला संयोजक सुदिप चापागाइले शिक्षाको लगानि जिवनभरलाइ हुनुपर्छ , यसरि शैक्षिक माफियाहरुले बिधार्थि को भविष्य माथि ठाडो खेलवाड गर्दा सरकार टुलुटुलु हेरेर बसेको छ , यथाशिघ्र सर्वोच्च अदालतले उचित फैसला गर्नु पर्ने भन्दै सर्वोच्च अदालत र सरकारको ध्यानाकर्षण गराएका थिए ।

कोण सभालाई सम्बोधन गर्दै लुम्बिनि आदर्श डिग्री कलेजका प्रध्यापक आर सि भट्टराइले विद्यार्थीले जिवनउपयोगि शिक्षा को अवसर पाउनु पर्नेमा उल्टै कस्तो प्रश्न आउछ , कुन पाठ्यक्रमबाट आउछ भनेर दोधारमा बस्नु परेको छ जुन निकै दुर्भाग्यपुर्ण भएको बताए ।
त्यसै गरि शैक्षिक व्यक्तित्व सरस्वति तिमिल्सिनाले महिला शक्ति , युवा शक्ति ,र बिधार्थि शक्तिलाइ कमजोर नसोच्न सरकारलाइ चुनौति दिदै तत्काल विद्यार्थीको पक्षमा निर्णय गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भएको थियो ।त्यसतै अर्का वक्ता विद्यार्थी नेता कृष्ण कंडेलले तत्काल पाठयक्रमको विषयमा उचित फैसला गरेर विद्यार्थीलाई पढन पाउने अधिकार बाट वञ्चित नगराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology