वाइडेन अमेरिकी राष्ट्रपतिमा विजयी भएको घोषणा

NAWALPUR TIMES

वाइडेन अमेरिकी राष्ट्रपतिमा विजयी भएको घोषणा
bloomberg and biden

एजेन्सी, ३० मंसिर । चुनावको मतगणना भएको झण्डै डेढ महिनापछि अमेरिकी राष्ट्रपति निर्वाचनको नतिजा घोषणा भएको छ । जसमा डेमोक्रयाटिक पार्टीका जोय वाइडेन विजयी घोषित भएका छन् ।

वाइडेनले ३०६ इलेक्टोरल कलेज मत हालिस गर्दा ट्रम्पले २३२ मत हासिल गरेका थिए । वाइडेनले आवश्यक २७० मत पार गरेकाले विजयी घोषित भएका हुन् ।

युएस इलेक्टोरल कलेजले वाइडेन जितेको घोषणा गरेको हो । जितको घोषणापछि वाइडेनले अमेरिकी लोकतन्त्रमाथि दबाब, परीक्षण र चुनौती दिइएपछि सत्य र बलियो प्रमाणित भएको टिप्पणी गरेका छन् । उनले बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनावी नतिजालाई चुनौती दिएको भन्दै आलोचना गरेका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology