हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

NAWALPUR TIMES

हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
1606353150.himpat

काठमाडौं। दक्षिण पूर्वी अरेबियन सागरबाट प्रशस्त मात्रामा जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

हाल देशमा पश्चिमी वायुको समेत प्रभाव रहेको छ।

अहिले देशभरको मौसममा आंशिकदेखि सामान्य बदली छ भने हिमाली भू-भागमा हिमपातको सम्भावना छ।

 

विभागका अनुसार सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ।

 

त्यस्तै प्रदेश १ का केही स्थानमा हल्का वर्षाकाे सम्भावना रहेको विभागको भनाइ छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology