मौसम पुर्वानुमान : देशका केही स्थानमा हल्का वर्षाको सम्भावना

NAWALPUR TIMES

मौसम पुर्वानुमान : देशका केही स्थानमा हल्का वर्षाको सम्भावना
download 1

काठमाडौं। हाल प्रदेश १, २, वागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागको मौसम आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

 

आज दिउँसो प्रदेश १, प्रदेश २ र वाग्मती  प्रदेशका भू-भागहरूमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश  १ को पहाडी भू-भागका एक/दुई स्थानमा भने हल्का वर्षा हुने अनुमान गरिएको छ।

 

दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भू-भागको मौसम अझै तीन दिन प्रभावित हुने छ।

 

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली नै रहने जानकारी दिएका छन्।

 

आगामी २४ घण्टा देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology