टिकटक अब तीन मिनेटसम्म हुन सक्ने !

NAWALPUR TIMES

टिकटक अब तीन मिनेटसम्म हुन सक्ने !
Tiktok 1

टिकटकले अब तीन मिनेट लामो भिडिओ बनाउने तयारी गरेको छ। छोटो र रमाइलो भिडिओका लागि चर्चित टिकटकमा प्रयोगकर्ताले अझै लामो समय बिताउन सक्ने गरी कम्पनीले परीक्षण थालेको टेक अखबार इनग्याजेटले लेखेको छ।

इनग्याजेटका अनुसार चिनियाँ एप टिकटकले भिडिओको समयसीमा तीन मिनेट लामो बनाउन खोजिरहेको हो।

बुधबार सामाजिक सञ्जाल विश्लेषक म्याट नवर्राले टिकटकले पठाएको मेसेज आफ्नो ट्वीट मार्फत् सार्वजनिक गरेका थिए। जसमा टिकटकका केही प्रयोगकर्तालाई परीक्षणका रूपमा तीन मिनेट लामो भिडिओ बनाउन सक्ने फिचर पाउने बताइएको थियो।

हाल टिकटकमा ६० सेकेन्ड लामो भिडिओ बनाउन सकिने फिचर छ।

थोरै प्रयोगकर्ताले मात्र तीन मिनेटको नयाँ फिचर आफ्नो एपमा पाएको म्याट नवर्राले बताएका छन्। यसले यो नयाँ परिवर्तन ल्याउने कुरामा एप अझै प्रारम्भिक चरणमै रहेको देखिने इनग्याजेटको भनाइ छ।

यता टिकटक प्रयोगकर्ताले भने एपको नयाँ परिवर्तन रुचाउँछन् वा रुचाउँदैनन् भन्ने चासोको विषय भएको छ।

समय सीमा तीन मिनेट बनाएर टिकटकले आफ्ना प्रयोगकर्तालाई कयौं सिर्जनात्मक काम गर्न स्थान दिइरहेको इनग्याजेटले बताएको छ।

टिकटकले भने यो विषयमा हालसम्म कुनै आधाकारिक जानकारी दिएको छैन।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology