प्रतितोला पाँच सयले बढ्यो सुनको भाउ

NAWALPUR TIMES

प्रतितोला पाँच सयले बढ्यो सुनको भाउ
1599805773.gold

१६ मंसिर, काठमाडौं । सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ । सोमबार ९० हजार रुपैयाँमा करोबार भएको छापावाल सुनको भाउ मंगलबार ९० हजार पाँच सय रुपैयाँ तोकिएको छ ।

यस्तै चाँदीको मूल्यपनि सोमबारको तुलनामा प्रतितोला ३५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

संघले तेजाबी सुनको मूल्य भने ९० हजार ५० रुपैयाँ तोकेको छ । अघिल्लो साता तोलामा तीन हजार रुपैयाँले सुनको मूल्य घटेको थियो ।

आइतबार र सोमबार पनि निरन्तर घटेको सुनको मूल्य मंगलबार भने बढेको हो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology