प्रधानमन्त्री ओली अब टिकटकमा पनि

NAWALPUR TIMES

प्रधानमन्त्री ओली अब टिकटकमा पनि
FB IMG 16067490174808241

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको नामबाट भिडियो सेयरिङ एप टिकटक खोलिएको छ। आइतबार बनाइएको उनको अफिसियल अकाउन्ट भेरिफाइड समेत भइसकेको छ।

 

प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामकृष्ण बजगाईंले ओलीको अकाउन्ट आधिकारिक भएको जानकारी दिए। उनले भने, ‘टिकटक आइडि बनाएर अकाउन्ट भेरिफाइड गर्नलाई पठाइएको थियो भेरिफाइडसमेत भइसकेको छ।’

अहिलेसम्म ओलीको आधिकारिक अकाउन्टमा एउटा भिडियो मात्रै अपलोड गरिएको छ । यो समाचार तयार पार्दासम्म भिडियोको भ्युज झण्डै १ लाख ९४ हजार, १४ हजारभन्दा बढी लाइक आइसकेको छ। हाल ३१३० जनाले फलो गरेका छन्।

 

केही दिन अगाडि ओलीले एक कार्यक्रममा कोभिड–१९ महामारीबीच डिजिटल प्रविधि उल्लेख्य विकास भएको बताएका थिए। कोभिड–१९ ले प्रत्येक सर्वसाधारणबीच दूरी बढाइदिएको समयमा डिजिटल कमर्स, डिजिटल पेमेन्टलगायत प्रविधिले एकआपसलाई जोड्ने प्रयास गरेको प्रधानमन्त्री ओलीको भनाइ छ।

ओलीका अनुसार सरकारले मन्त्रिपरिषद् बैठकलाई ‘पेपरलेस’ बनाएर सिंहदरबार र बालुवाटारमा एक्सन रुम स्थापना गरी भर्चुअल प्रविधि प्रयोगमार्फत डिजिटलाइज्ड युगको सुरुआत भएको छ। सरकारले पहिलो पटक डिजिटल नेपालको खाका तयार पारी ई–गभर्नेन्सको नीतिगत आधार कार्यान्वयनमा ल्याइएको उनको भनाइ थियो।

मालपोत, विद्युत् महसुल, आन्तरिक राजस्व, भन्सार महसुल, सवारी चालक अनुमतिपत्र, नवीकरणजस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सूचना प्रणालीमा आबद्ध गराउने प्रक्रिया सुरु भइसकेको प्रधानमन्त्रीको भनाइ थियो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology