नारायणगढ बुटवल सडक विस्तार आयोजनामा कार्यरत मजदुरहरु आन्दोलनमा उत्रिएका छन ।
व्यवस्थापन पक्षले मजदुरहरुमाथि दमन गरेको भन्दै मजदुरहरु आन्दोलनमा उत्रिएका हुन । उनिहरुले रजहरमा रहेको नारायणगढ बुटल रोड प्रोजेक्टको कार्यालय गेट अगाडी धर्ना दिएका छन ।
सडक विस्तार आयोजानमा कार्यरत मजदुरहरुलाई समयमा तलव नदिएको, विना कारण कामबाट निकालिएको भन्दै उनिहरुले धर्ना दिएको अखिल नेपाल टेड युनियन महासंघ नवलपुरका अध्यक्ष सानुकाजी डंगोलले बताए । २०० भन्दा बढि मजदुरहरुले कामकाज ठप्प पारी आन्दोलनमा उत्रिएका छन ।
प्रकाशित : २०७७ मंसिर १५ गते ९:२६
Facebook Comment