मंसिर १६ गते बस्ने गरी सकियो नेकपा सचिवालय बैठक

NAWALPUR TIMES

मंसिर १६ गते बस्ने गरी सकियो नेकपा सचिवालय बैठक
oli n prachanda1606551749

नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ।

शनिबार दिउँसो बालुवाटारमा सुरू भएको बैठक केहीबेरअघि सकिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। अब अर्को बैठक मंसिर १६ गते धुम्बाराहीमा बस्ने उनले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बन्द खाममा जवाफी प्रतिवेदन पेश गरेका छन्।

अब बस्ने बैठकमा दुबै अध्यक्षले पेश गरेको प्रतिवेदनमाथि छलफल गरेर सुझाव दिइने बताइएको छ।

आजको बैठकमा बोल्ने सबैले पार्टीमा गम्भीर समस्या आएको तर पार्टी फुटको दिशामा नजाने निष्कर्ष निकालिएको बैठकमा उपस्थित एक सदस्यले बताए।

 

बैठकमा दुई अध्यक्ष, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतमले बोलेका थिए।

कात्तिक २८ को सचिवालय बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए। उक्त प्रधानमन्त्री पक्षधर नेताहरूले यसलाई आरोप-पत्र भनेका छन्। यसकै जवाफ दिनको लागि प्रधानमन्त्रीले १० दिन समय मागेका थिए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology