देशका ३९६ पालिकामा अस्पताल बनाउदै छौ : राज्यमन्त्री रावत

NAWALPUR TIMES

देशका ३९६ पालिकामा अस्पताल बनाउदै छौ : राज्यमन्त्री रावत
1606360495000

काठमाडौं । स्वास्थ्य  मन्त्रालयले यही मंसिर १५ गते ३९६ वटा पालिकामा १५–१५ शैयाको अस्पतालको शिलन्यास गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य राज्यमन्त्री नवराज रावतले अस्पताल नभएका ६ सय ४९ स्थानीय पालिकाहरू मध्ये ३ सय ९६ वटा पालिकामा यही १५ गते अस्पताल शिलन्यास गर्ने निर्णय भएको बताउनुभयो ।

उहाँले बाँकी पालिकाहरूमा समेत ५–५ शैयाका अस्थायी अस्पताल सञ्चालन गर्न मन्त्रालयले प्रति पालिका १० लाख रूपैयाँका दरले रकम पठाई सकेको हुँदा तत्काल अस्पताल सञ्चालनको व्यवस्था मिलाउन सम्वन्धित पालिकाहरूलाई आग्रह गर्नुभयो ।

राज्यमन्त्री रावतले सबै पालिकाहरूमा अस्पताल निर्माण गर्ने सरकारको बहुवर्षीय योजना भएको हुँदा हाल विनियोजित रकम बाट अस्पतालको शिलान्यास गरी निर्माण कार्य अगाडि बढाउँदै गर्न आग्रह गर्नुभयो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology