गैंडाकोट नगरपालिकाका ४२ जनामा कोरोना संक्रमण पुष्टि

NAWALPUR TIMES

गैंडाकोट नगरपालिकाका ४२ जनामा कोरोना संक्रमण पुष्टि
Untitled 1

प्रकाश भण्डारी, गैँडाकोट

गैंडाकोट नगरपालिकाका थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गैंडाकोट नगरपालिकाका ४२ जनामा कोरोना पुष्टि भएको हो।

गैंडाकोट नगरपालिकामा कात्तिक १७ र १८ गते संकलन गरिएका ८८ स्वाब मध्ये ४२ जनाको रिपोर्ट पोजेटिभ आएको गैंडाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले बताउनुभयो।

गैंडाकोट नगरपालिकाका १४ महिला र २८ पुरूष सहित ४२ जनामा आज कोरोना पुष्टी भएको छ। धेरै जनाको वडा नखुलेको हुँदा केहीबेरमा बिस्तृत विवरण प्राप्त हुने उहाँले बताउनुभयो।

 

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology