काठमाडौं । बडादशैंको द्धादशी तिथि । बुधबार टीकाको तेस्रो दिन । मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउने क्रम जारी रहेको छ ।
टाढा टाढा रहेका परिवारजन तथा आफन्तकहाँ टीका लगाउन जाने क्रम दशमीदेखि पूर्णिमाको दिनसम्मै जारी रहन्छ ।
घटस्थापनाका दिन दशैंघरमा विधिपूर्वक स्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजाआराधना गरिएको टीका र प्रसाद अग्रजको हातबाट आशीर्वादका साथ ग्रहण गर्ने क्रम पूर्णिमासम्मै जारी रहने गरेको हो ।
कोरोना भाइरसको महामारीका कारण यसपटक धेरैजसोले आफ्नो घरभित्रै सीमित गरी टीका लगाए पनि टीका लगाउने क्रम भने रोकिएको छैन ।
मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ । परिवारमा टीका लगाएपछि कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउन जाने परम्परा छ ।
Facebook Comment