देशभर २६ हजार ९२७ जना कोरोना संक्रमित होम आइसोलेसनमा

NAWALPUR TIMES

देशभर २६ हजार ९२७ जना कोरोना संक्रमित होम आइसोलेसनमा
Untitled 1

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।

सोमबार ४० हजार ७ सय ७८ जना संक्रिय संक्रमितमध्ये २६ हजार ९२७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १७ हजार २ सय २५ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा  ४ हजार २  सय ३२, प्रदेश २ मा ७ सय ३५, लुम्बिनी प्रदेशमा  २ हजार ४ सय २०, सुदूरपश्चिम प्रदेशमा ५८३, गण्डकी प्रदेशमा ९२५ र कर्णाली प्रदेशमा ८०७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology