नेपालमा थप ३७९० जनामा कोरोना संक्रमण पुष्टि

NAWALPUR TIMES

नेपालमा थप ३७९० जनामा कोरोना संक्रमण पुष्टि
Untitled 1

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७९० जना कोरोना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ।  पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पिसिआर परीक्षण भएको छ।

संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ३३५ छ। योसँगै हालसम्म ९४ हजार ५०१ जना निको भएका छन्।

आज देशभर ४० हजार ७७८ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ७५७ पुगेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology