लुम्बिनी प्रादेशिक अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु

NAWALPUR TIMES

लुम्बिनी प्रादेशिक अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु
lumbini pradeshik aspatal wL9cHw7X6X e1602752003390

लुम्बिनी प्रदेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा  रुपन्देही जिल्ला बुटवल उपमहानगरपालीका वडा न ७ निवासी ७० वर्षीया महिला र अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वडा न ९ निवासी ७३ वर्षीय  पुरुषको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

७३ वर्षीय पुरुष  ज्वरो र स्वासप्रश्वासमा समस्या आएपछि असोज २८ गते अस्पतालले संचालन गरेको कोभिड अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए।

अस्पतालमा आइसियुको अभाव भएकोले उनलाई  बेलझुण्डी अस्पताल दाङ लैजाँदै गर्दा  बिहीबार ७ः४५ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ। उनको असोज २७ गते कोरोना पोजेटिभ आएको थियो।

त्यस्तै ७० वर्षीय महिला असोज २१ गते  अस्पतालको आइसोलेसनमा भर्ना भएका थिइन्। उनको सोही दिन कोभिड पोजेटिभ आएको थियो। उनलाई ज्वरो, दम, निमोनिया र स्वासप्रश्वासमा समस्या भएर बिहीबार बिहान ९ः१५ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology