अर्थशास्त्रको नोबेल लिलामी सिद्धान्तका विज्ञद्वयलाई

NAWALPUR TIMES

अर्थशास्त्रको नोबेल लिलामी सिद्धान्तका विज्ञद्वयलाई
1602505677465

काठमाडौँ। यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अर्थशास्त्रीद्वय पल आर मिलग्रोम र रोबर्ट बी विल्सनलाई दिइने भएको छ। उनीहरू दुवै अमेरिकाको स्टानफर्ड विश्वविद्यालयसँग सम्बन्धित छन्।

 

लिलामीसम्बन्धी सिद्धान्त र नयाँ लिलामीको ढाँचा प्रतिपादन गरेका कारण उनीहरूलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको द रोयल स्वेडिस एकेडेमी अफ साइन्सेसले जनाएको छ।

 

अमेरिकाको डेट्रोइटमा सन् १९४८ मा जन्मेका पल आर मिलग्रोमले अमेरिकाको स्टानफर्ड विश्वविद्यालयबाट सन् १९७९ मा विद्यावारिधि गरेका थिए। त्यसयता उनी सोही विश्वविद्यालयमा प्राध्यापकका रूपमा रहेका छन्।

 

रोबर्ट बी विल्सन सन् १९३७ मा अमेरिकाको जेनेभामा जन्मेका थिए। उनले हार्वर्ड विश्वविद्यालयबाट सन् १९६३ मा व्यापार व्यवस्थापनमा विद्यावारिधि गरेका हुन्। उनी हाल अमेरिकाको स्टानफर्ड विश्वविद्यालयमा व्यवस्थापनतर्फ इमिरेटस प्राध्यापकका रूपमा रहेका छन्।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology