भोली देशभरका अस्पतालमा आकस्मिक र कोभिड-१९ बाहेकका सेवा ठप्प हुने

NAWALPUR TIMES

भोली देशभरका अस्पतालमा आकस्मिक र कोभिड-१९ बाहेकका सेवा ठप्प हुने
121164975 3498327216872778 7274059193762955887 o

नेपाल चिकित्सक संघले भोली आइतबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक र कोभिड-१९का सेवा बाहेक सम्पूर्ण सेवा पूर्ण रुपमा बहिष्कार गर्न आग्रह गरेको छ।

संघले आफ्ना सबै शाखा, देशभरका स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उक्त निर्णय कार्यान्वयन गर्न गराउन भनेको छ।

सरकारले डा केसीको जीवन रक्षाका लागि गम्भिरता पूर्वक नलिएको भन्दै वाध्यतावस सेवा ठप्प पार्ने अवस्था आएको विज्ञप्ति मार्फत जानकारी दिएको छ।

संघले शुक्रबार नै उक्त विरोधको कार्यक्रम गर्ने निर्णय गरेको थियो। बिहीबार सरकारी वार्ता टोलीसँग सकारात्मक रुपमा छलफल अगाडि बढेपछि संघले उक्त कार्यक्रम स्थगित गरेको थियो। तर शुक्रबारको छलफलमा सरकारले वार्तालाई सकारात्मक रुपमा अगाडि नबढाएको र शनिबार २७ औं दिनमा पनि सरकार गम्भिर नभएको भन्दै संघले सेवा बहिष्कारको कार्यक्रम सार्वजनिक गरेको जनाएको छ।

संघले भोली आइतबार पनि डा केसीको सत्याग्रह अन्त्य नभएको अवस्थामा थप कडा आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने कुरा पनि विज्ञप्ति मार्फत जानकारी दिएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology