‘डान्सिङ विथ द स्टार्स नेपाल’ की सबैभन्दा कान्छी प्रतिस्पर्धी नवलपुरकी दिभान्सी बैदवार
NAWALPUR TIMES प्रकाशित : २०७७ असोज २४ गते १७:५८
45022efc 5d90 4182 a15f 4404d922e4e4
प्रकाश भण्डारी, गैंडाकोट
असोजको पहिलो साताबाट हरेक शुक्रबार र शनिवार प्रशारण हुँदै आएको डान्सिङ रियालिटी सो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ की सबैभन्दा कान्छी प्रतिस्पर्धीको रूपमा नवलपुकी ८ बर्षीया दिभान्सी बैदवारले प्रतिस्पर्धा गरिरहेकी छन्।
बिनयी त्रिवेणी गाउँपालिका वडा नं. ४ सर्दी नवलपुर घर भएकी ८ बर्षीया दिभान्सी हाल भक्तपुर स्थित एस ओ एस स्कुलमा कक्षा ३ मा अध्ययनरत छिन्।
एघार जोडीले प्रतिस्पर्धी गरिरहेको डान्सिङ विथ द स्टार्स नेपाल’ मा गत हप्ता मात्रै रक्षा श्रेष्ठ र सरोज मोक्तानको जोडीले स्वास्थ्य समस्याको कारण शो बाट बाहिरिए पश्चात हाल दश जोडीले प्रतिस्पर्धा गरिरहेका छन्।
दश जोडी मध्ये दिभान्सीको डान्स पार्टनरको रूपमा शिद्धार्थ श्रेष्ठ रहेका छन्। दिभान्सीको कोरियोग्राफरको रूपमा सन्जय लामा रहेका छन्। सन्जय लामा बुगीवुगीको टप चौधौँ कन्टेस्टेन्ट तथा नेपाल आइडलका बिजेता बुद्ध लामाको म्युजिक भिडियो “सानी नरिसाउन” मा कोरियोग्राफरको रूपमा काम गरिसकेका सफल कोरियोग्राफर हुन्।
‘द भ्वाइस अफ नेपाल’, ‘हिमालय रोडिज’ जस्ता रियालिटी सो प्रसारण गरिरहेको हिमालय टेलिभिजनले डान्सिङ रियालिटी सो ‘डान्सिङ विथ द स्टार्स नेपाल ’को प्रसारण गरिरहेको छ। प्रत्येक हप्ता शुक्रवार र शनिवार डान्स पफर्मेन्स हुनेछ भने बुधवार दिनको १२ बजेसम्म भोटिङ खुला रहनेछ।
डान्सिङ रियालिटी सो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ मा एकजना प्रतिस्पर्धीका लागि एकजना कोरियोग्राफर रहेका छन्। कार्यक्रमको उद्घोषण सुमन कार्की र मिस नेपाल २०१० की विजेता सदिक्षा श्रेष्ठले गरेका छन् भने निर्णायकको रूपमा गौरी मल्ल, दिलिप रायमाझी र रेनाशा बान्तवा राई रहेका छन्।
पढ्न लेख्नको अलावा नाच्न र गीत गाउनमा बिशेष दख्खल भएकी दिभान्सीलाई डान्सिङ विथ द स्टार्स नेपाल’ की सबैभन्दा कान्छी प्रतिस्पर्धीको रूपमा सहभागी गराएका छौँ। यसमा तपाईँ सबैको साथ र सहयोगको अपेक्षा गर्दै बिशेष नवलपुर जिल्लाबासी बाट धेरै अपेक्षा रहेको दिभान्सी बैदवारका बुवा कर्ण बैदवारले नवलपुर टाईम्स सँगको कुराकानीमा बताउनुभयो।
नवलपुरकी प्रतिस्पर्धी दिभान्सी बैदवारलाई भोट गर्नका लागि आईएम ई पे एप्लिकेसन डाउनलोड गरि ईभेन्ट अप्सनमा भित्र गई प्रतियोगी नं. ३ की कान्छी प्रतिस्प्रधी दिभान्सीलाई भोट गर्न सकिनेछ।
दर्शकको भोट र निर्णायकको निर्णयका आधारमा हरेक साता एक जना प्रतियोगी बाहिरिनेछ। विजेताले २५ लाख नगर रूपैँया सहित एउटा कार पुरस्कार पाउनेछ।
Facebook Comment