दसैंअघि होला त लकडाउन ?

NAWALPUR TIMES

दसैंअघि होला त लकडाउन ?
Lockdown

काठमाडौं, असोज २२ । मुलुकभर बुधबार एकै दिन ३ हजार ४ सय ३९ जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमणको यो संख्या हालसम्मकै बढी हो। सक्रिय संक्रमितको संख्या पनि २५ हजार ७ पुगेको छ। कोरोना संक्रमण तीव्र वृद्धि भए पनि सरकार भरसक लकडाउन वा स्वास्थ्य संकटकाल घोषणा नगर्ने पक्षमा देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक उच्च अधिकारीले कतिपय अस्पतालमा थप शय्या व्यवस्थापन गरेर भए पनि लकडाउन घोषणा नगर्ने योजना रहेको बताए। ‘दसैंअघि भरसक लकडाउन वा स्वास्थ्य संकटकाल घोषणा गर्ने कुनै योजना छैन’, मन्त्रालयअन्तर्गतको इन्सिडेन्ट कमान्ड सिस्टमका ती पदाधिकारीले भने।

कोरोना संक्रमितहरू घरमै र संस्थागत आइसोलेसनमा बसिरहेका छन्। मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संस्थागत आइसोलेसनमा १० हजार ५ सय ९६ जना छन्। घरमै ९ हजार १ सय ७२ जना आइसोलेसनमा बसेको प्रवक्ता गौतमको भनाइ छ।

प्रवक्ता डा गौतमले पनि तत्काल लकडाउन घोषणा गर्नुको औचित्य नभएको बताए। ‘अस्पतालमा शय्या पुगेसम्म लकडाउन घोषणा हुँदैन’, उनले भने, ‘स्वास्थ्य संकटकाल घोषणा गरेर पनि के गर्ने रु बाहिर निस्कँदा नागरिकले मास्क लगाउने र भौतिक दूरी कायम गरे पनि हुन्छ। जनताले केही नगर्ने, सरकारले विभिन्न घोषणा गरेर मात्र के गर्ने रु’ उनले नै केही समयअघि नियमित प्रेस ब्रिफिङका क्रममा सक्रिय संक्रमित २५ हजार नाघे लकडाउन हुन सक्ने बताएका थिए। अन्नपूर्ण पोस्ट् दैनिकबाट

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology