भारतबाट अवैध तरिकाले ल्याउँदै गरिएका साढे १७ लाखको राँगा नियन्त्रणमा

NAWALPUR TIMES

भारतबाट अवैध तरिकाले ल्याउँदै गरिएका साढे १७ लाखको राँगा नियन्त्रणमा
1601217065.bull raga

सुनसरी। सुनसरी नगरपालिका–४ स्थित वसपार्कबाट करिब १७ लाख ५० हजार रुपैयाँ बराबरको २१ वटा राँगा र १ वटा पाडी सहित ईनरुवा–४ बस्ने २८ वर्षीय राजकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको छ।

 

अवैध रुपमा भारतबाट प्र–१–०–२००१ ख ८१५६ नम्बरको मिनि ट्रकमा ल्याउँदै गरेको उक्त राँगा र पाडी सहित ट्रक चालक मण्डललाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

 

बरामद रागा र पाडी सहित उनलाई आइतबार सुनसरी भन्सार कार्यालय सेतुवन्ध कोशी व्यारेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको  छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology