सरकारलाई काङ्ग्रेस महामन्त्रीको प्रश्न “तानाशाही हर्कत किन ?”

NAWALPUR TIMES

सरकारलाई काङ्ग्रेस महामन्त्रीको प्रश्न “तानाशाही हर्कत किन ?”
IMG 20200922 214330

नवलपुर । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले सरकारले डाक्टर गोविन्द केसि माथी गरेको व्यवहार  खेदजनक र दुखद भएको बताउदै ” सरकार तानाशाही हर्कत किन ?” भनेर प्रश्न गरेका छ्न ।

आफ्नो अनसन र सत्याग्रहको लागि त्रिभुवन विमानस्थल बाट शिक्षण अस्पताल जाँदै गर्दा प्रहरीले बलपूर्वक डाक्टर केसिलाई राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याएको घटनाको विषयमा आफ्ना धारणा सार्वजनिक गर्दै कोइरालाले यस्तो बताएका हुन  ।

सरकारले डाक्टर केसीलाई गरेको व्यवहार विषयमा डाक्टर कोइरालाले आफ्ना धारणा सार्वजनिक गर्दै भनेका छ्न ” सरकार तानाशाही हर्कत किन ? लोकतन्त्रमा जवाफदेहिता महत्वपूर्ण हुन्छ, ८ औं दिनसम्म नागरिक सत्याग्रह गरिरहनु भएका डा. गोबिन्द केसीको मागप्रति कुनै सम्बोधन नगर्ने सरकार को रवैया आपत्तिजनक छ ।”

कोइरालाले नागरिक को आवाज दबाउने निरकुंश शैलीबाट डाक्टर केसी प्रति गरिएको हस्तक्षेप ‌खेदजनक र दुखद भएको बताउदै विगतमा सरकार सँग गरेका सम्झौताहरू को तत्काल कार्यान्वयन गरी सत्याग्रही डा. केसीको जिवन रक्षा गर्न सरकारसँग माग पनि गरेका छ्न ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology