यसरी छोपेर राखिए नेपालका रेल (भिडिओसहित)

NAWALPUR TIMES

यसरी छोपेर राखिए नेपालका रेल (भिडिओसहित)
FB IMG 16006698116646767

गत शुक्रबार नेपाल आएका दुई रेल कर्मचारी र कानुनको अभाव थन्किएका छन् । रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईका अनुसार रेललाई अहिले धनुषाको इनरूवास्थित स्टेशनमा छोपेर राखिएको छ।  रेललाई पहेंलो पालले माथिबाट ढपक्कै छोपिएको छ। सुरूमा रेललाई भारतको जयनगरस्थित नेपालले लिजमा लिएको स्टेशनमा राख्ने भनिएको थियो। उक्त स्टेशनमा सुरक्षा नहुने भन्दै फेरि रेल नेपाली भूमिमा रहेको स्टेशनमा ल्याइएको हो। रेल्वे सुरक्षाको जिम्मा सशस्त्र प्रहरीलाई दिइएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए। ‘भारतको जयनगर रेल्वे स्टेशन खुला छ त्यहाँ भीडभाड बढी हुने गरेको छ,’ उनले भने ‘त्यहाँ रेल सुरक्षित नहुने भएपछि पुनः धनुषाको इनरूवा स्टेशनमा राखेका छौं।’ इनरुवा सशस्त्र प्रहरीका इन्स्पेक्टर टेकेन्द्र कार्कीको नेतृत्वमा ५० जना सशस्त्र प्रहरीका जवान खटाइएको सशस्त्र प्रहरी धनुषाका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए। उनका अनुसार जनकपुर-जयनगर रेल सेवा सञ्चालन नभएसम्म सुरक्षाका लागि हरबखत प्रहरी तैनाथ रहनेछन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology