कावासोतीको शेरगन्जमा ज्वाईले खुर्पा प्रयोग गरि ससुराको हत्या

NAWALPUR TIMES

कावासोतीको शेरगन्जमा ज्वाईले खुर्पा प्रयोग गरि ससुराको हत्या
download 3

कावासोती ।पूर्वि नवलपरासीमा ज्वाँइले आफ्नै ससुुरालाई खुर्पा प्रहार गरि हत्या गरेका छन ।

कावासोती नगरपालिका वडा नं. १५ शेरगंज बस्ने ३१ वर्षीय सुवास मगरले आफ्नै ससुरा अन्दाजी ७५ वर्षीय विष्णु राईलाई आईतबार साँझ ८ः३० वजे खुर्पा प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय पूर्वि नवलरासीले जनाएको छ ।

घाटिमा चोट लागि गम्भिर घाईते भएका राईको मध्यविन्दु जिल्ला  अस्पताल डण्डामा उपचारको क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका प्रमुख प्रकाश मल्लले बताउनु भयो ।

ससुरालाई खुर्पा प्रहार गरेपछी मगरले आफु समेत घाईते भएका छन । ससुरालाई खुर्पा प्रहारगरेपछि उनि आफैले आफैलाई घाईते बनाएको हुनसक्ने प्रहरीको अनुमान छ ।

ज्वाइँ सुवास मगरको समेत सोहि अस्पतालमा प्रहरीको निगरानीमा उपचार भैरहेको छ । वादविवादका कारण घटना घटेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology