कोरोना संक्रमण मुक्त भएकालाई स्वयंसेवकको रूपमा परिचालन गर्दै कावासोती नगरपालिका

NAWALPUR TIMES

कोरोना संक्रमण मुक्त भएकालाई स्वयंसेवकको रूपमा परिचालन गर्दै कावासोती नगरपालिका
20200609 141039 1

कावासोती । कावासोती नगरपालिकाले कोरोना संक्रमण मुक्त भएकाहरुलाई स्वयंसेवकको रूपमा परिचालन गर्ने भएको छ ।

कावासोती नगरपालिकाको विपत व्यवस्थापन समितीको गत असोज १ गते बसेको बैठकले यस्तो निर्णय गरेको कावासोती नगरपालिकाका उपप्रमुख एवं विपत व्यवस्थापन समितिका संयोजक प्रेमशंकर मर्दनियाले बताएका छ्न ।

संक्रमणमुक्त भई फर्किएका स्वयं आफै नयाँ संक्रमित सँग पुग्दा उनीहरुमा आत्मबल बढ्नुका साथै संक्रमण पुष्टिपछि निको नहुञ्जेल आईशोलेशन मा अपनाईएका बिधि अनुभव होम आईशोलेशन मा बसेकाले समेत सिक्न पाउने भएकाले यो अभियान देशमै नमूना र प्रभावकारी हुनेमा आफु विश्वस्त रहेको नगर उपप्रमुख मर्दनियाले बताए ।

कोरोना संक्रमणमुक्त भएका पत्रकार सागर पोख्रेल , सन्चार उद्यमी भरत पोख्रेल , पत्रकार रमेश बस्ताकोटी , पत्रकार अर्जुन अविरल लगाएतकाले केही दिन अघि संक्रमितलाई परामर्श दिनका लागि अभियानको शुरुआत गर्ने घोषणा गरेका थिए ।

“हामीले अभियानको सुरुवात गर्दै थियौ, नगरपालिकाले हाम्रो अभियानलाई बल पुग्ने निर्णय गरेको छ,यस्ले हामीमा थप उर्जा आएको छ” , संक्रमण मुक्त भएका पत्रकार सागर पोख्रेलले नवलपुर टाईम्स सँगको कुराकानीमा बताए ।

पत्रकार पोख्रेलका अनुसार अभियानमा स्वास्थ्य सामाग्री सहित कोरोना संक्रमण भएका व्यक्ति र उसको परिवार सँग भेटघाट गरि कोरोनाको प्रभाव , प्रतिरक्षा तथा संक्रमण मुक्त हुने घरेलु उपायको बारेमा जानकारी दिने, मनोपरामर्श गरिने छ ।

नगरपालिकाले समेत अभियानलाई चासो राख्दै निर्णय गरेपछि भोली आईतवारदेखी नै अभियान शुरु हुने  कोरोनामुक्त भई फर्किएका अभियानका अर्का स्वयंसेवी सन्चार उद्यमी भरत शर्मा पोख्रेलले बताए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology