बढ्यो सुनचाँदीको भाउ

NAWALPUR TIMES

बढ्यो सुनचाँदीको भाउ
IMG 1000

नेपाली बजारमा आज शुक्रबार बहुमुल्य पहेँलो धातु सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुनको भाउ तोलाको ९७ हजार रुपैयाँ कायम भएको छ।

बिहीबार तोलामा ९ सय रुपैयाँ घटेर ९६ हजार ६ सयमामा किनबेच भएको थियो। छापावाल सुनको भाउ बुधबार ९७ हजार ५ सय थियो।

तेजावी सुन तोलामा ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार ९६ हजार १ सय र बुधबार ९७ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज शुक्रबार चाँदीको भाउ पनि बढेको छ। महासंघका अनुसार चाँदी शुक्रबार १० रुपैयाँले बढेर तोलामा १ हजार ३ सय ३० रुपैयाँमा कायम भएको छ।

बिहीबार १ हजार ३ सय २० र बुधबार १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology