गत २४ घण्टामा एक हजार २४३ जनाले जिते कोरोना

NAWALPUR TIMES

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभरबाट एक हजार २४३ जना कोरोना मुक्त भएर घर फर्किएका छन्।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म निको हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ।

 

हालसम्म नेपालमा ५९ हजार ५७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३८३ जनाले यसकै कारण ज्यान गुमाइसकेका छन्।

 

गत २४ घण्टामा मात्रै एक हजार २४६ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएपछि सक्रिय संक्रमितको संख्या १६ हजार २४१ छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology