पछिल्लो २४ घन्टामा नेपालमा थप १५३९ जनामा कोरोना संक्रमण

NAWALPUR TIMES

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप १५३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५८ हजार ३२७ जना पुगेको छ।

पछिल्लो २४ घन्टामा थप १०६८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ४१ हजार ७०६ उपचारपछि निको भएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ छ।

१० हजार ४९४ जनाको आज पिसिआर परीक्षण भएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology