नवलपुर । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले तराईका थारु तथा मैथिली महिलाले मनाउने प्रेम र सद्भावको सन्देश प्रवाह गराउने पर्व जितियाको अवसरमा देश विदेशमा रहनुहुने समस्त नेपाली दिदीवहिनी तथा दाजुभाइको सुस्वास्थ्य, दीर्घायुको शुभकामना व्यक्त गरेका छन ।
कोरोना संक्रमण भएपछि होम आईसोलेसनमा रहेका कोइरालाले बिहिबार निराहार व्रत बसी मनाइने जितिया पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै भनेका छ्न – “थारू जितिया पर्बले आपसी प्रेम र सद्भावको सन्देश प्रवाह गर्दै सभ्य समाज निर्माण गर्ने तर्फ अग्रसरताको लागि उर्जा प्रदान गरोस् ।”
शुभकामना सन्देशमा कोइरालाले कोरोना भाइरसको महामारीको अवस्थामा सामाजिक दुरी कायम राख्दै पर्व मनाउन समेत सबैलाई आग्रह गरेका छ्न
मैथिल र थारु समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको आज मुख्य दिन हो ।
यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ । विगतमा नाच्दै गाउँदै तामझामका साथ मनाइने यो पर्वमा यस वर्ष कोरोनाको प्रकोपका कारण खासै उल्लास छैन । यस वर्ष घरमै बसेर जितिया मनाइँदै छ ।
Facebook Comment