अर्थमन्त्रीको राजीनामापछि दोस्रो दिन पनि घट्यो सेयर बजार

NAWALPUR TIMES

अर्थमन्त्रीको राजीनामापछि दोस्रो दिन पनि घट्यो सेयर बजार
1599477410.nepse

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि लगातार बढ्ने अपेक्षा गरिएको सेयर बजार दोस्रो दिन पनि घटेको छ। अर्थमन्त्री डा. खतिवडाले राजीनामा दिएपछि पहिलोपटक खुलेको आइतबारको सेयर बजार १० अंकले घटेको थियो।आज दोस्रो दिन पनि सेयर बजार परिसूचक (नेप्से) १२ दशमलव १७ अंकले घटेको छ।

 

डा. खतिवडाले राजीनामा दिने हल्ला चले पनि केही दिनसम्म लगातार बढेको बजारबाट लगानीकर्ताले नाफा सुरक्षित गर्दा बजार घटेको बताइएको छ।

 

बजारमा आज सेयर किन्नेभन्दा पनि बेच्न चाहनेहरुको संख्या बढी थियो। जसकारण बजारको परिसूचक नै ओरालो लाग्यो।

 

१ हजार ५०३ अंकबाट सुरु भएको बजार १२ अंकले घटेर १ हजार ४८७ अंकमा पुगेपछि बन्द भएको छ।

 

परिसूचक घटे पनि आज नेप्सेमा २ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको ५ लाख ५९ हजार कित्ता सेयर कारोबार भएको छ।

 

आज कारोबार भएका १२ समूहमध्ये ४ समूह भने बढेका छन्। व्यापार, वित्त, अन्य र लघुवित्त समूह बढेका हुन्।

 

त्यसबाहेकका ८ समूहको सूचक भने घटेको छ। जसमध्ये सबैभन्दा बढी जीवन बीमा समूहको सूचक ९२ दशमलव ५४ अंकले घटेको छ। सेयर बजार परिसूचक १२ अंकले घटे पनि आज उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता ९९ रुपैयाँले बढेको छ।

 

त्यसैगरी, आज सेन्सेटिभ समूहको सेयर बजार ३ दशमलव ५५ अंकले घटेको छ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology