लगातार तेस्रो दिन घट्यो सुनको भाउ, चाँदीको मूल्य पनि ओरालो

NAWALPUR TIMES

लगातार तेस्रो दिन घट्यो सुनको भाउ, चाँदीको मूल्य पनि ओरालो
1591519741.Gold

काठमाडौं। नेपाली बजारमा सुनको भाउ लगातार तेस्रो दिन घटेको छ। बुधबारदेखि ओरालो लाग्न थालेको सुनको मूल्य आज तोलामा १०० रूपैयाँले घटेको हो।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावल सुनको मूल्य तोलामा ९६ हजार ४०० रूपैयाँ तोकेको छ। महासंघले हिजो तोलामा ९६ हजार ५०० रूपैयाँ कायम गरेको थियो।

 

बुधबार तोलामा १२०० रूपैयाँले घटेको सुनको मूल्य बिहीबार तोलामा ७०० रूपैयाँले घटेको थियो।

 

यस्तै, महासंघले आजका लागि तेजाबी सुनको मूल्य ९५ हजार ९०० रूपैयाँ कायम गरेको छ। यस्तै, चाँदीको मूल्य तोलामा एक हजार ३१० रूपैयाँ कायम भएको छ।

 

हिजो चाँदीको मूल्य तोलामा १३४५ कायम थियो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology