सुनको भाउ आज पनि घटयो

NAWALPUR TIMES

सुनको भाउ आज पनि घटयो
IMG 0992

नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ घटेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बहुमूल्य धातु सुनको भाउ आज बिहीबार तोलामा ७ सय र चाँदी २० रुपैयाँले घटेको हो।

बिहीबार आज छापावाल सुनको भाउ तोलाको ९६ हजार ५ सय कायम भएको छ। बुधबार सुनको भाउमा १ हजार २ सय रुपैयाँले गिरावट आउँदा तोलाको ९७ हजार २ सय रुपैयाँ कायम भएको थियो। महासंघका अनुसार स्थानीय बजारमा तेजाबी सुनको भाउ बिहीबार ९६ हजार कायम भएको छ।

बुधबार ९६ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो। छापावाल (२४ क्यारेट) र तेजाबी (२२ क्यारेट) सुनको भाउसँगै चाँदीको भाउ पनि २० रुपैयाँले घटेको छ। बुधबार चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेर १ हजार ३ सय ६५ मा किनबेच भएको थियो। उपभोक्ताको अनुमानभन्दा उच्च दरमा भाउ बढ्नु तथा कोरोना महामारीका कारण चार महिना लामो ‘लकडाउन’ र काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाका कारण सुन बजार नराम्रोसँग प्रभावित भएको व्यवसायी बताउँछन्।

छापावाल सुन मंगलबार तोलामा ९ सय रुपैयाँले घटेर ९८ हजार ४ सय र सोमबार ३ सयले बढेर ९७ हजार ५ सय रुपैयाँ पुगेको थियो। तेजाबी सुन मंगलबार ९७ हजार ९ सय र ९७ हजार रुपैयाँमा किनबेच भएको थियो। चाँदी मंगलबार १ हजार ३ सय ९५ रुपैयाँ र सोमबार १ हजार ३ सय ६५ रुपैयाँमा किनबेच भएको थियो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology