आन्तरिक उडानमा अन्योल

NAWALPUR TIMES

आन्तरिक उडानमा अन्योल
plane1

काठमाडौं, भदौ १५ । विमान कम्पनीले यही भदौ १६ देखि आन्तरिक उडान सुरु गर्ने तयारी गरेका छन्। अन्तर्राष्ट्रिय नियमित उडानसँगै आन्तरिक उडान पनि सुरु हुने नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्मा बताउँछन्।

यसअघि सरकारले भदौ १ गतेबाट आन्तरिक र बाह्य उडान सुरु गर्ने भनेकामा कोरोना संक्रमण फैलिने क्रम बढेसँगै सबै उडान स्थगित गरेको थियो।

सरकारले केही समयका लागि उडान स्थगित गर्ने भनेको र १६ गतेबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तय गरेका कारण सोही समयबाट नै आन्तरिक नियमति उडान पनि सुरु हुने प्रवक्ता शर्माले बताए। उनले भने, ‘भदौ १ गते उडान सुरु गर्नु भन्ने आधिकारिक पत्र आइसकेको छ।

कोरोनाका कारण १५ दिनलाई स्थगित गर्नु मात्र भनेको हो। उडान रद्ध भन्ने सरकारको आशय होइन। त्यहीकारण त्यही पत्रका आधारमा नै १६ गतेबाट आन्तरिक उडान सुरु हुन्छ।’

स्वास्थ तथा सुरक्षासम्बन्धी सरकारले तोकेको मापदण्ड पालना गरेर आन्तरिक उडान सुरु गरिनेछ। तर आन्तरिक उडानमा यात्रुको कोरोना जाँचसम्बन्धी पीसीआर टेस्ट नगरिने प्रवक्ताको भनाइ छ।

चालक दलका सदस्यको हकमा भने उडान पूर्व ७२ घण्टाको बीचमा २ पटक कोरोना जाँच गरिनेछ। चालक दलका सदस्यलाई कोरोना भएमा भने आइसोलेसनमा पठाइने आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology