गैँडाकोटमा आज थपिएका १० कोरोना संक्रमित सबै स्थानीय

NAWALPUR TIMES

गैँडाकोटमा आज थपिएका १० कोरोना संक्रमित सबै स्थानीय
Untitled 1

प्रकाश भण्डारी, गैँडाकोट

गैँडाकोटमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गैँडाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलका अनुसार पोखरा जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त रिपोर्ट अनुसार गैँडाकोट नगरपालिकाका १० जनामा कोरोना  संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि हुनेहरूमा गैँडाकोट नगरपालिका वडा नं. २ का ५ जना र वडा नं. ७ का ५ जना गरि जम्मा १० जना रहेका छन्।

वडा नं. २ का ५ जनामा ४५, ५६, ६२ बर्षका पुरूष रहेका छन् भने ५१ र २९ बर्षीय महिला रहेकी छन्। त्यस्तै वडा नं. ७ का २५, ५०, ५०, २९ बर्षकी महिला सहित १ तीन बर्षीय बालक रहेका छन्।

गैँडाकोट नगरपालिका भृकुटी चोकमा भाद्र ९ गते लिएको १०४ स्वाब मध्ये ७६ जनाको रिपोर्ट प्राप्त भएको थियो।  जसमध्ये १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बाँकी २८ जनाको रिपोर्ट बेलुकासम्म प्राप्त हुने पौडेलले नवलपुर टाईम्सलाई बताउनुभयो।

हालसम्म गैँडाकोट नगरपालिकामा ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ६० जना निको भै घर फर्किसकेका छन्।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology