नेपालमा चीन, रशिया र युकेले बनाएको कोरोना भ्याक्सिनको परीक्षण हुने, स्वास्थ्य मन्त्रालयले दियो स्विकृति

NAWALPUR TIMES

नेपालमा चीन, रशिया र युकेले बनाएको कोरोना भ्याक्सिनको परीक्षण हुने, स्वास्थ्य मन्त्रालयले दियो स्विकृति
received 402035130687189 1

काठमाडौं- नेपालमा चीन, रशिया र युकेले बनाएको कोरोनाविरुद्धको भ्याक्सिनको परीक्षण हुने भएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृतिमा क्लिनिकल ट्रायल अगाडि बढाउन लागेको हो।

परिषदका सदस्य सचिव डा प्रदीप ज्ञवालीका अनुसार चीन, रशिया र युके अक्सफोर्ड भ्याक्सिन ग्रुपले उत्पादन गरेको भ्याक्सिन नेपालमा पनि थर्ड फेज क्लिनिकल ट्रायल हुने  भएको हो।

उनले यसका लागि स्वास्थ्य मन्त्रालयबाट स्वीकृति पाइसकेको पनि जानकारी दिए।

‘भ्याक्सिनको नेपालमा पनि थर्ड फेज परीक्षण गर्न कम्पनीहरु इच्छुक भएकाले यसको प्रक्रिया अगाडि बढाइसकेका छौं,’ उनले भने।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology