काठमाडौं- कोरोना भाइरस (कोभिड १९)को जोखिम कम गर्न भन्दै अहिलेसम्म ४८ वटा जिल्लामा निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालले आइतबार एक विज्ञप्ति जारी गर्दै कोरोनाको जोखिम रहेका ४८ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुले निषेधाज्ञा लगाएको जनाएको छ।
त्यस्तै ७७ वटै जिल्लामा सिडिओको संयोजत्वमा अनुगमन टोली बनाएर अनुगमन पनि भइरहेको मन्त्रालयले जनाएको छ। क्वारेन्टाइनको व्यवस्थापन, उद्दार, विदेशबाट स्वेदश आउनेको व्यवस्थापन, काठमाडौं उपत्यकामा क्वारेन्टाइन निर्माण लगायतका कामहरु पनि भइरहेको मन्त्रालयले विज्ञप्तीमार्फत जानकारी गराएको छ।
यसैगरी मास्क प्रयोग नगरी हिँड्ने ४ लाख ६४ हजार २ सय १६ जनालाई नियन्त्रणमा लिएको र उनीहरुमध्ये ३ लाख ९० हजार ५ सय ४५ जनालाई सम्झाई बुझाई छाडिएको र ४२ हजार ६५ जनालाई मास्क वितरण गरेर छाडिएको मन्त्रालयले जनाएको छ।
त्यस्तै काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने ८ हजार ६ सय २१ सवारी साधन तथा अनुमति बिना काठमाडौं प्रवेश खोज्ने २० हजार ८ सय ७६ जनालाई नाकाबाटै फिर्ता गरिएको मन्त्रालयले उल्लेख गरेको छ।
त्यसैगरी कोरोना नियन्त्रणको फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी तथा राष्ट्र् सेवकमाथि दुव्र्यवहार भएमा तुरुन्त कारबाही गर्न सिडिओलाई निर्देशनसमेत दिइएको मन्त्रालले जनाएको छ।
प्रकाशित : २०७७ भदौ ७ गते २२:१७
Facebook Comment