वीरगन्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु

NAWALPUR TIMES

वीरगन्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु
birganj Hospital 1598076030

वीरगन्जमा कोरोना भइरस संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ।

पर्साको बहुदरमाई नगरपालिका डोकैला बहुअरी निवासी ६१ वर्षीय पुरुष उपचारको क्राममा ज्यान गएको हो।

वीरगन्ज स्थित नारायणी अस्थायी कोरोना बिशेष वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचार गराइरहेका ती पुरुष कोरोना संक्रमितको शनिबार बिहान मृत्यु भएको नारायणी अस्पतालका डा.निरजकुमार सिंहले जानकारी दिए।

मुटु, दम र उच्च रक्तचापका बिरामी रहेका ती पुरुषको स्वास्थ्य अवस्था बिग्रिएपछि साउन ३१ मा आफन्तले वीरगन्जको अली अर्थो ट्रमा सेन्टरमा भर्ना गरेका थिए।

पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भदौ ४ गते कोरोना अस्पतालमा रेफर गरिएको थियो।

कोरोना अस्पतालमा उपचारकै क्रममा शनिबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ। योसँगै वीरगन्जमा कोरोना संक्रममणबाट कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ।

मृत्यु भएकामध्ये २७ जना पर्साका, ५ जना बाराका र रौतहटका २ जना छन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology