थुम्किदेबी ब्राईट फ्युचरले सम्पन्न गर्यो अभिभाबक अभिमुखिकरण कार्यक्रम

NAWALPUR TIMES

सरस्वती सुबेदी/हुप्सेकोट-थुम्किदेबी ब्राईट फ्युचर सेकेन्डरी स्कुल हुप्सेकोट २ कोलियाले एक दिने अभिभाबक अभिमुखिकरण कार्यक्रम हिजो सम्पन्न गरेको छ । विद्यालय प्राङ्गणमा सम्पन्न कार्यक्रममा प्रशिक्षक ईश्वर श्रेष्ठले अभिभाबकहरुलाई विद्यार्थीको शैक्षिक ,नैतिक स्तर वृद्धिका लागि अभिभाबकको भुमिका,जिम्मेवारी लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । विद्यालय र विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिमा कार्यक्रम सकारात्मक रहेको र प्रशिक्षणले अभिभावकहरुमा उर्जा एवं सचेतना थपिएको विद्यालय प्रिन्सिपल बालकृष्ण थापाले जानकारी दिनुभयो ।

थुम्किदेबी ब्राईट फ्युचरले सम्पन्न गर्यो अभिभाबक अभिमुखिकरण कार्यक्रम 2

कार्यक्रमको प्रमुख अतिथी रहनुभएका हुप्सेकोट वडा नम्बर ०२ का वडा अध्यक्ष पदम बहादुर क्षेत्रिले ग्रामिण क्षेत्रको विद्यार्थीको शैक्षिक उन्नयनमा विद्यालयले खेलेको भुमिकाको प्रशंसा गर्दै आफ्ना बाबू नानीको सुनौलो शैक्षिक भविष्य लागि बिध्यालयमा मात्र भर नपरेर अभिभावक स्वयं पनि सचेत रहनुपर्नेमा जोड दिनुभएको थियो । विद्यालय व्यवस्थापन समिती अध्यक्ष गुरु प्रसाद खनालको अध्यक्षता सम्पन्न कार्यक्रममा विद्यालय सेवा क्षेत्र भित्रका सम्पुर्ण अभिभाबकहरुको उपस्थिति रहेको थियो । बिध्यालयले आज बिध्यार्थिहरुको सकारात्मक सोच वृद्धिका लागि मोटिभेसनल कार्यक्रम सम्पन्न गरेको प्रिन्सिपल थापाले जानकारी दिनुभएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology