२४ घण्टा नबित्दै माओवादीमै फर्किए पित्तबहादुर

NAWALPUR TIMES

२४ घण्टा नबित्दै माओवादीमै फर्किए पित्तबहादुर
IMG 20220405 211724

धादिङ — केपी ओलीबाट सोमबार खादा पहिरिएर एमाले प्रवेश गरेका धादिङको वेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) पुन: माओवादीमै फर्किएका छन् । समकक्षी नेता कार्यकर्ताको दबाबपछि एमाले प्रवेश गरेको चौबीस घण्टा नबित्दै माओवादीमै फर्किएका हुन् ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओली निवास बालकोटमा पुगेर सोमबार एमालेमा प्रवेश गरेका थिए । यसअघि उनी नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेश कमिटीको सदस्य थिए ।

माओवादी केन्द्रबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा धादिङ जिल्लामा निर्वाचित एकमात्र अध्यक्ष हुन् । एमाले पृष्ठभूमिमा हुर्किए पनि द्वन्द्वको समयमा माओवादीमा लडेका डल्लाकोटी १५ वर्षदेखि निरन्तर माओवादीकै विभिन्न संगठनहरुमा सक्रिय थिए ।

पहिलो स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र माओवादी गठबन्धन गरेर डल्लाकोटी अध्यक्षमा विजयी भएका थिए ।कान्तिपुर दैनिक बाट

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology