हुप्सेकोटमा जिप दुर्घटना १० जना घाईते

NAWALPUR TIMES

हुप्सेकोटमा जिप दुर्घटना १० जना घाईते
accident 20201129054133

कावासोती- पुर्वी नवलपरासीको हुप्सेकोट गाँउपालिका – ५ स्थित कान्छि पानी भित्री सडक खण्डमा  जिप दुर्घटना हुँदा १० जना घाईते भएका छन । दलदलेबाट डेडगाउँ जादै गर्दा ग.प्र ०४ ००१ च ०००६ नं.को बोलेरो जिप सडकबाट करिब १५० मिटर तल खसेर धोबादीको कान्छी पानी नजिकै दुर्घटनामा परेको हो ।

घाइते मध्य २ जना बेहोस अवस्थामै रहेका, २ जना गम्भीर घाईते भएका तथा ६ जना मध्यम घाइते रहेका जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए । घाइतेहरुको उद्धार भएको र उपचारका लागि अस्पताल पठाईएको प्रहरीले जनाएको छ । उनिहरुको पहिचान खुलेको छैन ।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology