स्वर्गीय पत्रकार राधाको स्मृतिमा अक्षय कोष स्थापना र पत्रकारिता पुरस्कारको घोषणा

NAWALPUR TIMES

स्वर्गीय पत्रकार राधाको स्मृतिमा अक्षय कोष स्थापना र पत्रकारिता पुरस्कारको घोषणा
IMG 20210117 155246 scaled

सन्जय भट्टराई/कावासोती
स्वर्गीय पत्रकार राधा बस्यालको स्मृतिमा अक्षयकोष  स्थापना र “राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्धको पत्रकारिता पुरस्कार” घोषणा  गरिएको छ । आईतबार पुर्वी नवलपरासीको कावासोती-२ सिमलघारीमा प्रस्तावित राधा क्यान्सर सचेतना फाउन्डेसन द्वारा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराईएको हो ।

स्वर्गीय पत्रकार राधा बस्यालले स्थापना गरेर सन्चालनमा आएको प्रस्तावित राधा क्यान्सर सचेतना फाउन्डेसनको मातहतमा रहने गरि स्वर्गीय पत्रकार बस्यालको परिवारले २ लाख राशीको राधा स्मृति अक्षय कोष स्थापना गरेको पत्रकार बस्यालका भाइ एवं प्रस्तावित राधा क्यान्सर सचेतना फाउन्डेसनका अध्यक्ष प्रकाश बस्यालले पत्रकार सम्मेलनमा जानकारी गराएका हुन ।

त्यसै गरि राधा स्मृति अक्षयकोषबाट वार्षिक रुपमा प्राप्त हुने ब्याजबाट हरेक वर्ष २० हजार रुपिया राशी रहने गरि “राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्धको पत्रकारिता पुरस्कार” वितरण गरिने पत्रकार सम्मेलनमा जानकारी गराईको हो ।

हरेक वर्ष माघ ४ गते पुरस्कारका लागि आवेदन आव्हान गरिने र प्राप्त आवेदनबाट फाउन्डेसनको पुरस्कार छ्नौट समितिले छ्नौट गरे पछि राधाको जन्म जयन्ती फागुन ९ गतेका दिन हरेक वर्ष पुरस्कार वितरण गरिने फाउन्डेसनले जनाएको छ ।

यसै बिच यस वर्ष २०७७ का लागी पुरस्कारको लागी आवेदन आव्हान गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । आवेदन दिन ईच्छुक देशै भरका पत्रकारहरुले यस वर्ष को वैशाख देखि पौष सम्म प्रकाशन प्रसारण भएका क्यान्सर सचेतना र हिंसा विरुद्धका ३ वटा(क्यान्सर सम्बन्धि एउटा अनिवार्य) समाचार/ लेख फागुन ४ गते भित्र [email protected] मा पठाउन पनि पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियो ।

वि.स २०४८ मा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो । एक दशक भन्दा लामो समय देखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आएकी राधाले वैवाहिक जिवन पछि व्यक्तिगत रुपमा घरेलु हिंसा र क्यान्सर सँग लडदै समाजमा महिला हिंसा र स्तन क्यान्सरको विषयमा सचेतना अभियान सन्चालन गर्न राधा क्यान्सर फाउन्डेसनको स्थापना गरेर गाउँ गाउँमा सचेतना अभियानसमेत चलाएकी थिईन ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology