स्थानीय चुनाव : बैशाख ३० गते चटयाङ्गसहित वर्षा हुने

NAWALPUR TIMES

स्थानीय चुनाव : बैशाख ३० गते चटयाङ्गसहित वर्षा हुने
asina pani

२०७९ वैशाख २८ गते (बुधबार) को मौसमी अवस्था
बुधबार देशभर आंशिक देखि सामान्य बदली रहने सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/ चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । साथै मधेश, कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

२०७९ वैशाख २९ गते (विहिबार) :  देशभर आंशिक देखि सामान्य बदली रहने सम्भावना छ । प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । साथै कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन/ चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै तराईका भू–भागहरुमा हावाहुरीको सम्भावना पनि रहेको देखिन्छ ।

२०७९ वैशाख ३० गते (शुक्रबार) : देशभर आंशिक देखि सामान्य बदली रहने सम्भावना छ । प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको केही स्थानहरुमा मेघ गर्जन ÷ चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । साथै मधेश, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन ÷ चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७९ वैशाख ३१ गते (शनिवार) : देशको प्रदेश १, बागमती प्रदेश, मधेश प्रदेश तथा गण्डकी प्रदेशका आंशिक देखि सामान्य बदली रहने तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का वर्षाको संभावना रहेको छ। साथै कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका एक वा दूई स्थानहरूमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यो मौसमी प्रणालीका कारण निर्वाचन अवधिमा पर्न सक्ने असर र प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology