सुकुम्बासी लाई लालपुर्जा सहित रोजगारीको प्रबन्ध मिलाउनेछु : डा शशाङ्क

NAWALPUR TIMES

सुकुम्बासी लाई लालपुर्जा सहित रोजगारीको प्रबन्ध मिलाउनेछु : डा शशाङ्क
dr sashank

रासस 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा शशाङ्क कोइरालाले सुकुम्बासीलाई लालपुर्जासहित रोजगारीको व्यवस्था मिलाउने बताउनुभएको छ ।

कावासोती नगरपालिका–६ र १ को चुनावीसभालाई सम्बोधन गर्दै उम्मेदवार डा कोइरालाले चुनावपछि सुकुम्बासी समस्या समाधान हुने बताउनुभयो । उहाँले भन्नुभयो, “सुकुम्बासी समस्या समाधान लालपुर्जाले मात्रै सम्भव छैन, यसका लागि रोजगारीको पनि उत्तिकै आवश्यकता पर्छ । यस विषयमा प्रधानमन्त्रीलाई पटकपटक ध्यानाकर्षण गराएको छु, अब नवलपुरमा कोही पनि सुकुम्बासी हँुदैन, लालपुर्जासहित आवश्यक रोजगारीको प्रबन्ध मिलाउने गरी कार्य अगाडि बढाउनेछु ।”

स्थानीयवासीको नगरस्तरीय रङ्गशाला बनाउने मागलाई सम्बोधन गर्दै नवलपुरमा अन्तर्राष्ट्रिय खेलग्राम बनाउने योजना रहेको हँुदा पहिला महत्वपूर्ण ठूला योजनालाई पूरा गर्दै नगरस्तरीय रङ्गशाला बनाउन सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

उहाँले केरुङ्गे खोलाले आफ्नो धार परिवर्तन गरेर बस्तीलाई असर गर्न लागेको भन्दै यसको समस्या समाधानका लागि दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने बताउनुभयो । नेता कोइरालाले कृषिउपजको उत्पादनलाई वृद्धि गर्न र बजारीकरणका लागि विशेष योजना बनाएको भन्दै विगतका आफ्ना अधुरा योजनालाई अब निर्वाचनपछि पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मङ्सिर ४ अबको पाँच वर्षका लागि भाग्यरेखा कोर्ने दिन भएको भन्दै डा कोइरालाले भन्नुभयो, “मेरो बुबाआमा, छोराछोरी सबै तपाईंहरू नै हो, हजुरको मुहारमा खुसी ल्याउन फेरि हजुरमाझ आएको छु, तपाईंहरू सबैको मुहारमा खुसी ल्याउन र यहाँको समस्या समाधान गर्न म कुनै कसर बाँकी राख्ने छैन ।”

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology