सर्वोच्चको फैसलाले संविधान, विधि र पद्दतिको रक्षा गर्‍यो : महामन्त्री कोइराला

NAWALPUR TIMES

सर्वोच्चको फैसलाले संविधान, विधि र पद्दतिको रक्षा गर्‍यो : महामन्त्री कोइराला
hqdefault

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतको फैसलाले संविधान, विधि र पद्दतिको रक्षा गरेको बताएका छन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला गरेसँगै फेसबुकमार्फत उनले सर्वोच्च अदालतको फैसलाको स्वागतयोग्य भएको प्रतिक्रिया दिएका हुन्।

कोइरालाले लोकतन्त्र भनेकै संविधानको मर्म अनुरुप शासित हुने व्यवस्था भएको स्पष्ट पारे। ‘सम्मानित सर्वोच्च अदालतको फैसलाले संविधान, विधि र पद्दतिको रक्षा गरेको छ। लोकतन्त्र भनेकै संविधानको मर्म अनुरुप शासित हुने व्यवस्था हो।’ उनले लेखेका लेखेका छन्, ‘सर्वोच्च अदालतको फैसलाको स्वागत र सम्मान गर्दछु।’

सर्वोच्च अदालतले दोस्रो पटक विघटन भएको प्रतिनिधिसभा पुर्स्थापित गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्चले बदर गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गरेको हो। बहुमत सांसदको समर्थन भएकोले विपक्षी नेता शेरबहादुर देउवालाई प्रधानमन्‍त्री नियुक्त गर्न सर्वोच्चले परमादेश जारी गरेको छ। सात दिनभित्र संसद् अधिवेशन बोलाउन सर्वोच्च अदालतको आदेश दिएको छ।

सर्वोच्च अदालतले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्न समर्थन गरेको आधारमा दल त्याग सम्बन्धी कारवाही गर्न नमिल्ने  जनाएको छ। प्रतिनिधिसभा पुनर्स्थापनाको आदेश जारी गर्दै सर्वोच्चले प्रतिनिधि सभाका कुनै पनि सदस्य उपर दल त्याग सम्बन्धी कारवाही नगर्नु, नगराउनु भन्दै आदेश दिएको छ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology