वाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका गाडीमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्न आग्रह

NAWALPUR TIMES

वाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका गाडीमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्न आग्रह
vehicle management department soZsOfg5ex2022 06 03 09 03 53

नवलपुर,जेठ २०। यातायात व्यवस्था विभागले वाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका गाडीमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्न गाडी धनीलाई आग्रह गरेको छ ।

 

प्रदेश मातहतका यातायात व्यवस्था कार्यालयमा दर्ता रहेका सबै गाडीमा चरणबद्ध रुपमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरिएको छ । सरकारले गएको कात्तिक २२ मा राजपत्रमा सूचना निकालेर प्रदेशको नामाकरण भएका वाग्मती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णय गरेको थियो । अहिले प्रदेश(२ को नामाकरण भइसकेको छ भने अब प्रदेश-१ को मात्रै नामाकरण बाँकी छ ।

 

विभागले वाग्मती प्रदेशको ललितपुर एकान्तकुना, काठमाण्डौको गुर्जुधारा र गण्डकी प्रदेशको पोखराबाट इम्बोस्ड नम्बर प्लेट वितरण गर्न आवश्यक पूर्वाधारको व्यवस्थापन भइसकेको जनाएको छ । तर सङ्घीय कानुन अनुसार अहिलेसम्म पनि इम्बोस्ड नम्बर प्लेट जडानसम्बन्धी व्यवस्था र निर्णय कार्यान्वयन नभएकोमा विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 

वाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका गाडीमा इम्बोस्ड नम्बर प्लेटसम्बन्धी व्यवस्था कार्यान्वयन भएरनभएकोबारे आउँदो साउन १ गतेपछि अनुगमन गर्ने विभागको तयारी छ । अनुगमनमा तोकिएअनुसार इम्बोस्ड नम्बर प्लेट जडान नगरिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ अनुसार कारबाही हुने पनि विभागले जनाएको छ । २०७३ सालदेखि इम्बोस्ड नम्बर प्लेट जडान थालिएको थियो ।

 

सरकारले पाँच वर्षमा २५ लाख गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने लक्ष्य राखेको भए पनि चालु आर्थिक बर्ष ०७८र७९ को फागुनसम्ममा आठ लाख गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान भएको छ ।

 

गएको फागुन १ गतेदेखि गाडीको नामसारी गर्दा र जेठ १ गतेदेखि दर्ता प्रमाणपत्र नवीकरण गर्दा सार्वजनिक, पर्यटक, निजी, सरकारी र संस्थानका गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरिएको थियो । सरकारले इम्बोस्ड नम्बर जडानका लागि दुई पाङ्ग्रेका लागि २ हजार ६ सय र ट्रकजस्ता ठूला गाडीमा ३ हजार ६ सय रुपैयाँ शुल्क तोकेको छ।

 

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology