राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्धको पत्रकारिता पुरस्कार बर्दियाकी पत्रकार केसीलाई

NAWALPUR TIMES

राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्धको पत्रकारिता पुरस्कार बर्दियाकी पत्रकार केसीलाई
received 451150362746123

कावासोती । स्वर्गीय पत्रकार राधा बस्यालको स्मृतिमा   स्थापना गरिएको “राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्धको पत्रकारिता पुरस्कार” यस वर्ष बर्दियाकी पत्रकार समृद्धा केसीलाई प्रदान गरिने भएको छ।

राधा क्यान्सर सचेतना फाउन्डेसनको बिहीवार सम्पन्न बैठकले यस वर्ष परेका आवेदनहरु मध्यबाट पत्रकार केसीलाई पुरस्कार दिने निर्णय गरिएको फाउन्डेसनका अध्यक्ष प्रकाश बस्यालले बताए । पुरस्कार पाउने पत्रकार केसी महिला स्वास्थ्य डटकममा कार्यरत पत्रकार हुन।

पुरस्कार यहि फागुन ९ गते आइतबार बिहान ७ बजे कावासोती सिमलघारीस्थित बस्याल निवासमा विश्व प्रेस काउन्सिलका महासचिव एवं प्रेस काउन्सिल नेपालका निवर्तमान कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको प्रमुख आतिथ्यतामा वितरण गरिने अध्यक्ष बस्यालले बताए  ।

वि.स २०४८ मा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो । एक दशक भन्दा लामो समय देखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आएकी राधाले वैवाहिक जिवन पछि व्यक्तिगत रुपमा घरेलु हिंसा र क्यान्सर सँग लडदै समाजमा महिला हिंसा र स्तन क्यान्सरको विषयमा सचेतना अभियान सन्चालन गर्न राधा क्यान्सर फाउन्डेसनको स्थापना गरेर गाउँ गाउँमा सचेतना अभियानसमेत चलाएकी थिईन । राधाको निधन पश्चात फाउन्डेसनलाई राधाका भाइ पत्रकार प्रकाश बस्यालले अगाडी बढाईरहेका छ्न ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology