यस्तो रहनेछ आजको मौसम

NAWALPUR TIMES

यस्तो रहनेछ आजको मौसम
mausam 1c3a5

काठमाडौं। दिउँसो दिनभर देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। जल तथा मौसम बिज्ञान बिभाग, मौसम पुर्वानुमान शाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम बिभागले जनाएको छ। यसैगरी, राति पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ।

प्रदेश नं १, मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम बिभागले जनाएको छ।

मौसम बिभागका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology